Kathmandu Press

कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा पिएजनीमाथि नेपालको सानदार जित

मंगलबार बिहान भएको खेलमा कुलश भुर्तेलले बल र ब्याट दुवैबाट उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले पपुवा न्युगिनीमाथि ८५ रनको सनदार जित निकाल्यो।
कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा पिएजनीमाथि नेपालको सानदार जित

काठमाडाैं, फागुन २९ : हङकङमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा नेपालले सानदार जित निकालेको छ। मंगलबार बिहान भएको खेलमा कुलश भुर्तेलले बल र ब्याट दुवैबाट उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले पपुवा न्युगिनीमाथि ८५ रनको सनदार जित निकाल्यो।

नेपालले दिएको १९९ रनको विशाल लक्ष्य पछ्याएको पपुपा न्युगिनी कुशलको घातक बलिङसामू १६.१ ओभरमा ११३ रनमै अलआउट भयो। उसका लागि हिरी हिरीले सर्वाधिक २८ रन बनाउँदा सेसे बाउले २१, टोनी उराले १३ र नोसाइना पोकानाले १२ रन बनउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

Hardik ivf

पपुवा न्युगिनीको इनिङ ध्वस्त बनाउने क्रममा कशुलले ४ ओभरमा १२ रन मात्र खर्चेर ४ विकेट लिए। यस्तै, प्रतिश जिसी २ तथा गुल्सन झा र आकाश चन्दले पनि समान १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले कुशल र सन्दीप जोराको अर्धशतक मद्दतमा निधार््रित ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाए। कुशलले ३९ बलमा समान चार चौका र छक्का प्रहार गर्दै ५९ रन बनाउँदा सन्दीपले २६ बलमा ३ चौका ४ छक्का मद्दतमा ५६ रन बनाए।

यस्तै, विनोद भण्डारीले २२ बलमा २७ रन बनाउँदा विवेक यादवले ४ बलमा ३ छक्का प्रहार गर्दै नटआउट १९ रन बनाए। पपुवा न्युगिनीका अशद भालाले २ विकेट लिए।

यो जितसँगै सिरिजमा नेपाल ३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। र, नेपाल सिरिजकाे फाइनलमा पुगेकाे छ। नेपाल र हङकङबीचको पहिलो खेल वर्षका कारण बीचमै रद्द हुँद दुवै टिमले अंक बाँडेका थिए।

प्रकाशित मिति: १०:३३ बजे, मंगलबार, फागुन २९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्