Kathmandu Press

एपिएफलाई हराउँदै चर्च बोइजले जित्यो झापा गोल्डकप

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार सम्पन्न फाइनलमा विभागीय टिम एपिएफ क्लबलाई ३–०ले हराउँदै चर्च बोइजले उपाधि जितेको हो।
एपिएफलाई हराउँदै चर्च बोइजले जित्यो झापा गोल्डकप

काठमाडाैं, फागुन २८ : ए डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेडले छैंटौं झापा गोल्डकपको उपाधि जितेको छ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार सम्पन्न फाइनलमा विभागीय टिम एपिएफ क्लबलाई ३–०ले हराउँदै चर्च बोइजले उपाधि जितेको हो। उपाधिसँगै चर्च बोइजले १३ लाख रुपैयाँ प्राप्त गर्दा एपिएफले ७ लाख रुपैयाँमा चित्त बुझायो।

Hardik ivf

चर्च बोइजका लागि अवयामी फाकुन्लेले २ तथा राजेश परियारले गोल गरेका थिए।

११औं मिनेटमा अवायामीको गोलमा चर्च बोइजले अग्रता लियो। ६६औं मिनेटमा उनले नै टिमको अग्रता दोब्बर बनाए। त्यसपछि राजेशले ८७औं मिनेटमा गोल गरेपछि चर्च बोइजले सहज जित निकाल्दै उपाधि उचाल्यो।

व्यक्तिगत पुरस्कारमा पनि चर्च बोइजकै वर्चश्व रह्यो। चर्च बोइजका सञ्जित राई प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी बने। उनले यमाहाको मोटरसाइकल प्राप्त गरे।

यस्तै, उत्कृष्ट गोलकिपर चर्च बोइजकै दीप कार्की बन्दा उत्कृष्ट डिफेन्डर चर्च बोइजकै सर्ज डिका बने। फाइनलमा २ गोल गरेका अवयामी सर्वोत्कृष्ट स्ट्राइकर बन्दा एपिएफका शरण बस्नेत उत्कृष्ड मिडफिल्डर बने। उत्कृष्ट प्रशिक्षक चर्च बोइजकै रुवेन राई बने भने झापा ११ का पेमा तामाङ उदीमान खेलाडी बने। उनीहरुले जनही २५ हजार रुपैयाँ प्राप्त गरे।

 

प्रकाशित मिति: २१:१४ बजे, सोमबार, फागुन २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्