यस्ताे रह्याे आरम्भ विद्या मन्दिरको १०औं वार्षिकोत्सव [फोटोफिचर]
सांगीतिक कार्यक्रमम, फुड फेस्टिभल तथा प्रदर्शन आयोजना गर्दै विद्यालयले आफ्नो १०औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो।![यस्ताे रह्याे आरम्भ विद्या मन्दिरको १०औं वार्षिकोत्सव [फोटोफिचर]](https://kathmandupress.com/uploads/posts/cover-1710169627.jpg)
सुनसरी, फागुन २८ : सुनसरीको रामधुनी–५ मा रहेको आरम्भ विद्या मन्दिरले आफ्नो १०औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम आयोजना गर्दै मनाएको छ।
सांगीतिक कार्यक्रमम, फुड फेस्टिभल तथा प्रदर्शन आयोजना गर्दै विद्यालयले आफ्नो १०औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो।

कार्यक्रममा सुनसरी जिल्ला प्यावसनका अध्यक्ष थानेश्वर ढकाल, रामधुनी नगरप्यावसनका अध्यक्ष अच्युत ढकाललगायत उपस्थित थिए।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल विमल बरालले नानीबाबुले लिइरहेको शिक्षा र विद्यालयको अवस्थाको ज्ञान अभिभावकलाई समेत हुनुपर्ने भएकाले अभिभावकलाई एकैठाउँमा भेला गर्ने हेतुले समेत फुड फेस्टिवल र अभिभावक दिवसको आयोजना बताए।
यस्तै, विद्यालयका एकेडेमिक डाइरेक्टर हरि रायमाझीले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिन विद्यालयले यस्ता कार्यक्रम निरन्तर आयोजना गर्दै बताए।



































