Kathmandu Press

एकनारायण अर्याल बने गृहसचिव

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका अर्याललाई गृह मन्त्रालयमा सुरुवा गरेको हो।
एकनारायण अर्याल बने गृहसचिव
Hardik ivf

काठमाडौं, फागुन २८ : एकनारायाण अर्याल गृहसचिव बनेका छन्। मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका अर्याललाई गृह मन्त्रालयमा सुरुवा गरेको हो।

मन्त्रिपरिषद् बैठकले यसअघि गृहसचिव रहेका दिनेश भट्टराई प्रधानमन्त्री कार्यालयमा सरूवा गरेको छ। भट्टराई २०८० वैशाख २७ मा प्रधानमन्त्री कार्यालयबाटै गृहमा सरूवा भएका थिए।

अर्यालले गृह प्रशासनमा लामो समय प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरेका छन्। उनले कोलकात्तामा महावाणिज्यदूतको रुपमा समेत काम गरिसकेका छन्।

प्रकाशित मिति: २०:१३ बजे, सोमबार, फागुन २८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्