Kathmandu Press

बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प

सोमबार साँझ ४ः५७ मा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो।
बाजुराको जुगाडा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं, फागुन २८ : बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ४ः५७ मा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो।

पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम जारी छ। नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

प्रकाशित मिति: २०:०६ बजे, सोमबार, फागुन २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्