Kathmandu Press

गण्डकी, मधेस र सुदूरपश्चिमका प्रदेश प्रमुख बर्खास्त, नयाँ सिफारिस

मन्त्रिपरिषद्ले मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई सिफारिस गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
गण्डकी, मधेस र सुदूरपश्चिमका प्रदेश प्रमुख बर्खास्त, नयाँ सिफारिस

काठमाडौं, फागुन २८ : सरकारले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि रहेका प्रदेश प्रमुखहरुलाई बर्खास्त गर्दै नयाँ सिफारिस गरेको हो।

Hardik ivf

अघिल्लो सत्ता गठबन्धका बेला कांग्रेसबाट प्रदेश प्रमुख बनेका गण्डकीका पृथ्वीमानसिंह गुरुङ, मधेशका हरिशंकर मिश्र र सुदूरपश्चिमका देवराज जोशीलाई बर्खास्त गर्दै मन्त्रिपरिषद्ले नयाँ प्रदेश प्रमुख सिफारिस गरेको हो।

मन्त्रिपरिषद्ले मधेसमा सुमित्रा भण्डारी, गण्डकीमा  डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई सिफारिस गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।  

यस्तै, बैठकले मन्त्रिपरिषद्का समितिहरू गठन गरी समितिको समन्वय गर्न संयोजक तोकेको छ। राजनीतिक समितिको संयोजकमा प्रधानमन्त्री, आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार र यातायातमन्त्री, विधेयक समितिको संयोजकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, प्रशासन समितिको संयोजकमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री र सामाजिक समितिको संयोजकमा उपप्रधानमन्त्री तथा स्वास्थ्य र जनसङ्ख्यामन्त्रीलाई तोकिएको छ।

 

प्रकाशित मिति: २०:४८ बजे, सोमबार, फागुन २८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्