Kathmandu Press

राप्रपा सत्ता गठबन्धनमा सहभागी नहुने, विश्वासको मतको विपक्षमा मतदान गर्ने

कोशी प्रदेशको सभामुखको चुनावमा उपेक्षा भएकाले भविष्यमा यस्तो घटना दोहोरिन नदिने निर्णय पनि बैठकले गरेको उनले बताए।
राप्रपा सत्ता गठबन्धनमा सहभागी नहुने, विश्वासको मतको विपक्षमा मतदान गर्ने

काठमाडौं, फागुन २७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने भएको छ। सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले सत्ता गठबन्धनमा सहभागी नहुने र प्रधानमन्त्रीलाई विश्वासको मत पनि नदिने निर्णय गरेको छ।

‘विश्वासको मतको विपक्षमा मतदान गर्ने, विपक्षमा बस्ने, प्रदेश सरकारमा पनि तत्काल सहभागी हुँदैनौैं,’ बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘प्रदेश सरकारलाई समर्थन गर्नुपर्ने परिस्थिति आएमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिइनेछ।’

Hardik ivf

अध्यक्ष लिङ्देनले बैठकले राष्ट्रिय राजनीतिमा केन्द्रीय स्तरमा हुने निर्णय प्रदेशस्तरमा हुनु, गरिनु उपयुक्त नभएको ठहर गरेको बताए। कोशी प्रदेशको सभामुखको चुनावमा उपेक्षा भएकाले भविष्यमा यस्तो घटना दोहोरिन नदिने निर्णय पनि बैठकले गरेको उनले बताए।

इलाममा हुने प्रतिनिधिसभाको र बझाङमा हुने प्रदेश सभाको उपनिर्वाचनमा पार्टी सहभागी हुने निर्णय गरेको छ। त्यसका लागि उम्मेदवार छनोट गर्न सम्बन्धित प्रदेशका अध्यक्षले सम्बद्ध जिल्लाका अध्यक्षसँग समन्वय गरेर नाम सिफारिस गर्न जिम्मेवारी दिने निर्णय समितिले गरेको छ।

प्रकाशित मिति: १९:४२ बजे, सोमबार, फागुन २८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्