Kathmandu Press

घुस लिँदै गर्दा असई र वरिष्ठ हवल्दार पक्राउ

अख्तियारका अनुसार जग्गा सम्बन्धी विवादमा अदालतको आदेश कार्यान्वयन गराउन स्थानीय एक सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिँदै गर्दा आइतबार साँझ साढे ५ बजे गैरीटोलबाट दुवैजना पक्राउ परेका हुन्।
घुस लिँदै गर्दा असई र वरिष्ठ हवल्दार पक्राउ

महोत्तरी, फागुन २८ : नेपाल प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) र एक प्रहरी वरिष्ठ हवल्दार घुस लिँदै गर्दा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले महोत्तरीको गौशाला नगरपालिका-१२ स्थित कान्तिबजार प्रहरी चौकीका इन्चार्जसमेत रहेका असई शर्मा प्रसाद यादव र प्रहरी वरिष्ठ हवल्दार मञ्जितकुमार झालाई घुसका रूपमा २० हजार रुपैयाँ लिँदै गर्दा पक्राउ गरेको हो।

Hardik ivf

अख्तियारका अनुसार जग्गा सम्बन्धी विवादमा अदालतको आदेश कार्यान्वयन गराउन स्थानीय एक सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिँदै गर्दा आइतबार साँझ साढे ५ बजे गैरीटोलबाट दुवैजना पक्राउ परेका हुन्।

दुवैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति: १७:५१ बजे, सोमबार, फागुन २८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्