Kathmandu Press

डा. दीक्षितको दाबी : नेपालमा पनि कोरोना भाइरसका संक्रमित छन्, परीक्षण पुगेन

काठमाडौं, चैत ६ : वरिष्ठ चिकित्सक एवं नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले कारोना भाइरसका संक्रमित देशभित्र भएको दाबी गरेका छन्। आवश्यक पर....

डा. दीक्षितको दाबी : नेपालमा पनि कोरोना भाइरसका संक्रमित छन्, परीक्षण पुगेन

काठमाडौं, चैत ६ : वरिष्ठ चिकित्सक एवं नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले कारोना भाइरसका संक्रमित देशभित्र भएको दाबी गरेका छन्। आवश्यक परीक्षण नहुँदा संक्रमित नदेखिएको भन्दै कतिपय बिरामीलाई परीक्षण नै नगरी फर्काइएको उनको दाबी छ। 

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले भने,‘कोरोना भाइरसका संक्रमित भएपनि अस्पतालबाट ८५ प्रतिशत रुघाखोकी लागेर हराउने र १२ प्रतिशतलाई जाँचै नगरी पठाइएको छ। डाक्टरको सिफारिस बिना आफूलाई शंका लागेमा जाँच्न पाउनुपर्छ।यसको सबै बन्दोबस्त मिलाउन म सरकारलाई आग्रह गर्दछु।’
 
सरकारले आवश्यकता अनुसार मात्र बिरामी जाँच्ने उपकरण मगाउने भनेकोमा आपत्ति जनाउँदै  डा. दिक्षितले राष्ट्रको ढुकुटीबाट तुरुन्त मेसिन (परीक्षण किट) ल्याउन आग्रह गरेका छन्। उनले भने,‘परीक्षण किट तत्काल ल्याउनुपर्छ, ढिलाइ गर्ने होइन।’

उनले आवश्यक मेसिन फास्ट ट्रयाकबाट ल्याउन पनि सरकारलाई सल्लाह दिए। दीक्षितले हरेक नेपालीलाई स्वास्थ्यको अधिकार भएकाले रोग जाँच्न नपाएमा संविधानविपरी हुने भन्दै यस्तो आपतमा मेसिन नल्याउँदा जनता आक्रोशित भई सडकमा आउन बाध्य हुनेतर्फ पनि सचेत गराए। उनले भने,‘जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन, तत्काल आवश्यक उपकरण ल्याउनुपर्छ ।’


 

प्रकाशित मिति: १६:५१ बजे, बिहीबार, चैत ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्