Kathmandu Press

नयाँ सत्ता समीकरणलाई टिकाउन चुनौती छ : उपमहासचिव ज्ञवाली 

ज्ञवालीले स्वदेशकै खेलाडीहरुले अप्रत्यासित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी गठवन्धन निर्माण गरेको स्विकारोक्ति समेत गरेका छन्।
नयाँ सत्ता समीकरणलाई टिकाउन चुनौती छ : उपमहासचिव ज्ञवाली 
Hardik ivf

काठमाडौं, फागुन २८ : नयाँ गठवन्धन सरकारको प्रमुख घटक एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समीकरणलाई टिकाउन चुनौती रहेको बताएका छन्। 

ज्ञवालीले स्वदेशकै खेलाडीहरुले अप्रत्यासित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी गठवन्धन निर्माण गरेको स्विकारोक्ति समेत गरेका छन्। उनले न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा बाह्य सम्बन्ध, अर्थतन्त्रको अवस्था, जनताको राज्य प्रणालीलाई हेर्ने पर्सेप्सन, मुलुक चलाउने राज्यको सबै संयन्त्रहरुमा ठूलो संकटको अवस्थाका कारण सनयाँ सरकारका लागि चुनौती रहेको धारणा राखेका हुन्। 

‘स्वदेशकै पात्रहरुले, स्वदेशकै प्लेयरहरुले निर्माण गरेको एउटा सहकार्य हो यो। यसलाई दिगो बनाउने, यसलाई सफल बनाउने चुनौती हामीसँग छ,’ ज्ञवालीले भने। उनले देशको परिस्थिति धेरै गम्भीर रहेको पनि बताए। 
 

प्रकाशित मिति: १७:२९ बजे, सोमबार, फागुन २८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्