Kathmandu Press

लन्डनमा नेपाली फिल्म फेस्टिभल गरिँदै 

आगामी जुन ९–१५ मा हुने महोत्सवमा १० वटा नेपाली फिल्म प्रदर्शन गरिने थर्ड आईका अध्यक्ष विकास देवकोटाले बताए। 
लन्डनमा नेपाली फिल्म फेस्टिभल गरिँदै 

काठमाडौं, फागुन २८  बेलायतको लन्डनमा आगामी जुनमा दोस्रो ‘नेपाली फिल्म फेस्टिभल इन लण्डन २०२४’ हुने भएको छ। थर्ड आई लिमिटेडले आयोजना गर्ने यो महोत्सव एक सातासम्म चल्नेछ।

आगामी जुन ९–१५ मा हुने महोत्सवमा १० वटा नेपाली फिल्म प्रदर्शन गरिने थर्ड आईका अध्यक्ष विकास देवकोटाले बताए। 

Hardik ivf

‘बेलायतमा नेपाली फिल्म फेस्टिभलको आयोजनाले नेपाली कला र संस्कृतिको प्रवद्र्धन हुनेमा हामी विश्वस्त छौं। हामी नेपाली परिवेश र नेपाललाई चिनाउने फिल्म देखाउनेछौं। यसले नेपाली फिल्मको बजार विस्तारमा टेवा पु¥याउनेछ। साथमा, नेपाली कला संस्कृतिलाई पनि प्रवद्र्धन गर्नेछ,’ उनले भने।

देवकोटाले महोत्सवले नेपाली फिल्म के–कस्ता बनिरहेका छन् भन्ने बारेमा प्रवासी नेपालीलाई थाहा हुने र नयाँ स्वाद बोकेका फिल्म प्रदर्शन गर्दा विदेशी बजारसमेत विस्तार हुने दाबी गरे।

थर्ड आईका अनुसार करिब ४० जना हाराहारीमा फिल्मीकर्मी, पत्रकार र विभिन्न क्षेत्रका व्यक्तिहरु महोत्सवमा सहभागी हुनेछन्। आयोजकले महोत्सवमा ५० वटा फिल्मको आवेदन पर्ने दाबी गरेको छ। जसबाट १० वटा फिल्म मनोनयन गर्ने र पाँचलाई सम्मान गर्ने तयारी गरिएको छ।

आयोजकले महोत्सवमा भाग लिन चाहने फिल्म मेकरले थर्ड आइको फेसबुक पेजमा गएर आवेदन दिन सक्ने जनाएको छ।
 

प्रकाशित मिति: १७:०४ बजे, सोमबार, फागुन २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्