Kathmandu Press

उपनिर्वाचनमा रास्वपाले आफ्नै उम्मेदवार उठाउने 

रास्वपा केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभा र स्थानीय तहमा उम्मेदवार उठाए पनि प्रदेशमा भने भाग नलिने निर्णय गरेको छ।
उपनिर्वाचनमा रास्वपाले आफ्नै उम्मेदवार उठाउने 

काठमाडौं, फागुन २८ : आगामी उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ।

रास्वपा केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभा र स्थानीय तहमा उम्मेदवार उठाए पनि प्रदेशमा भने भाग नलिने निर्णय गरेको छ।

Hardik ivf

रास्वपाको निर्णय अनुरुप इलाम–२ मा आफ्नै उम्मेदवार हुने छन्। उम्मेदवारको नाम भने तय हुन बाँकी छ। रास्वपाले इलाम–२ को अवस्था बुझ्न ६ सदस्यीय टोली समेत तय गरेको थियो। एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो। 

यस्तै पालिका र वडा तहमा पनि रास्वपाले उम्मेदवार उठाउने निर्णय लिएको छ। उपनिर्वाचनमा कुनैपनि दलसंग गठबन्धन र सहकार्य नगर्ने निर्णय बैठकले गरेको छ।

त्यस्तै बैठकले सरकारमा सहभागी हुने निर्णयलाई अनुमोदन गरेको छ भने पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई सहयोग गर्दै अवसरलाई आवश्यक योगदान र समन्वय गर्ने निर्णय गरिएको महामन्त्री ढकालले बताए।

उनले सरकारको कार्यसम्पादनको आवधिक समीक्षा गर्ने र पार्टीका बिविध मोर्चा सरकार, संसद र संगठनमा सल्लाहका आधारमा सहयोगी टिमहरु गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन हरसम्भव कार्य गर्ने निर्णय गरिएको उनले बताए।

त्यस्तै रास्वपा नेता रमेश प्रसाईंले उपनिर्वाचनमा घण्टीको बलमा चुनाव लड्ने र पार्टीले जित हासिल गर्ने दाबी गरे।

प्रकाशित मिति: १७:०१ बजे, सोमबार, फागुन २८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्