Kathmandu Press

बझाङ-१ मा हुने उपनिर्वाचनमा भाग नलिने रास्वपाकाे निर्णय

पार्टी केन्द्रीय समितिकाे आज (सोमबार) बसेको बैठकले बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको बताइएकाे छ।
बझाङ-१ मा हुने उपनिर्वाचनमा भाग नलिने रास्वपाकाे निर्णय

काठमाडौं, फागुन २८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ मा बझाङ (१) मा हुने उपनिर्वाचनमा भाग नलिने भएको छ।

पार्टी केन्द्रीय समितिकाे आज (सोमबार) बसेको बैठकले बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको बताइएकाे छ। बझाङको प्रदेशसभा (१) बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार ५ मा सवारी दुर्घटनामा परी निधनपछि उक्त सिट पनि रिक्त छ।

Hardik ivf

बैठकले प्रतिनिधिसभाको इलाम-२ मा भने उम्मेदवारी दिने निर्णय गरेको जनाइएकाे छ। निर्वाचन तयारीका लागि सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई इलाम २ मा खटाएको रास्वपाले जनाएकाे छ।

 

प्रकाशित मिति: १६:५८ बजे, सोमबार, फागुन २८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्