प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार हुन सकेको छैन : उपसभामुख
सोमबार काठमाडौंमा राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित सम्मान कार्यक्रममा उपसभामुख रानाले महिलाहरुमा डिजिटल पहुँच कार्यक्रम पूर्ण रुपमा सफल नभएको भन्दै यसलाई राज्यको अग्रसरतामा सफल बनाउनुपर्ने बताइन्।
काठमाडाैं, फागुन २८ : प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले प्रविधिमा महिलाको पहुँच अपेक्षाअनुसार हुन नसकेको बताएकी छन्।
सोमबार काठमाडौंमा राष्ट्रिय नागरिक विकास समाजद्वारा आयोजित सम्मान कार्यक्रममा उपसभामुख रानाले महिलाहरुमा डिजिटल पहुँच कार्यक्रम पूर्ण रुपमा सफल नभएको भन्दै यसलाई राज्यको अग्रसरतामा सफल बनाउनुपर्ने बताइन्।
त्यस्तै स्वास्थ्य र शिक्षा क्षेत्रमा महिलाहरुका लागि लगानी गर्नुपर्ने उनले बताइन्। उनले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन पनि राज्यले आवश्यक लगानी गर्नुपर्नेमा जोड दिइन्।
महिला अधिकारको नीति बनाउन आफूले सांसदहरुलाई प्रेरित गर्ने काम गरिरहेको उनले बताइन्। कार्यक्रममा विभिन्न क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने महिलाहरूलाई सम्मान गरिएको थियो।
प्रकाशित मिति: १६:२७ बजे, सोमबार, फागुन २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार