Kathmandu Press

निःशुल्क उपचारका लागि पशुपतिनाथमा महायज्ञ

पैसाका कारण उपचार गर्न नसक्ने बिरामीलाई निःशुल्क उपचार गर्ने उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो। 
निःशुल्क उपचारका लागि पशुपतिनाथमा महायज्ञ

काठमाडौँ, फागुन २८ : पशुपतिनाथ मन्दिर परिसरमा आगामी चैत १ गतेदेखि ७ गतेसम्म महायज्ञ हुने भएको छ।

पैसाका कारण उपचार गर्न नसक्ने बिरामीलाई निःशुल्क उपचार गर्ने उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो। 

Hardik ivf

आज पाशुपत क्षेत्रमा आजोजित अन्तरक्रियामा युथ फर नेशनको आयोजना तथा अन्य सङ्घ संस्थाको सहकार्यमा महायज्ञ गर्न लागिएको महायज्ञ संयोजक डा निकोलस भुसालले जानकारी दिए। 

चैतन्य कृष्ण महाराजद्वारा महायज्ञमा कथा वाचन गरिने बताइएको छ। घरघरमा ज्ञान, ध्यान र योग पुर्‍याइ युवालाई राष्ट्र निर्माणमा सक्षम बनाउने योजना रहेको महायज्ञ सहसंयोजक सरोजराज श्रेष्ठको भनाइ छ।

महायज्ञमा करिब एक लाख भक्तजन उपस्थित हुने अनुमान गरिएको छ। महायज्ञ आयोजनाका लागि विभिन्न समिति, उपसमिति गठन गरिएको छ। 

प्रकाशित मिति: १६:१८ बजे, सोमबार, फागुन २८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्