Kathmandu Press

एकीकृत समाजवादीले खोज्यो प्रधानमन्त्रीको लिखित सहमति

सोमबार पार्टी कार्यलय आलोकनगरमा बसेको पार्टीको संसदीय दलको बैठकले पार्टीको प्रस्तावमा लिखित रुपमा सहमति जनाएपछि मात्र राष्ट्रिय सभाको निर्वाचन र प्रधानमन्त्रीले लिने विश्वासको मतको बारेमा निर्णय गर्ने प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए।
एकीकृत समाजवादीले खोज्यो प्रधानमन्त्रीको लिखित सहमति
Hardik ivf

काठमाडौं, फागुन २८ : एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  आफूहरूले राखेको सर्त लिखित रुपमा सहमति जनाएपछि मात्र राष्ट्रिय सभाको निर्वाचनमा मत दिने निर्णय गरेको छ। 

सोमबार पार्टी कार्यलय आलोकनगरमा बसेको पार्टीको संसदीय दलको बैठकले पार्टीको प्रस्तावमा लिखित रुपमा सहमति जनाएपछि मात्र राष्ट्रिय सभाको निर्वाचन र प्रधानमन्त्रीले लिने विश्वासको मतको बारेमा निर्णय गर्ने प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए।

उनले भने, ‘भोलि हुने राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको बारेमा र पर्सि प्रधानमन्त्रीले लिने विश्वासको मतको बारेमा हामीले केही निर्णय गरेनौं। हामीले प्रधानमन्त्रीलाई केही भनेका छौं। उनले त्यो कुरामा लिखित रुपमा नै सहमति जनाउनुभयो भने निर्वाचनमा भोट दिन सक्छौं र विश्वासको मतमा पनि सकारात्मक हुन सक्छौं।’ 
 
प्रकाशित मिति: १६:०९ बजे, सोमबार, फागुन २८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्