मंगाेलियामा कठोर जाडोका कारण ३९ लाखभन्दा बढी चौपायाको मृत्यु
मंगाेलियाका २१ प्रान्तमध्ये पूर्वी सुखबातर प्रान्तमा स्थानीय भाषमा ‘जुड’ भनिने कडा चिसोबाट सबैभन्दा बढी प्रभावित भएको छ।
उलान बाटोर, फागुन २८ : मंगाेलियामा यो वर्षको अत्यधिक चिसो हिउदे मौसमका कारण मृत्यु हुने गाईवस्तुहरूको सङ्ख्या ३९ लाख २५ हजार ७३४ पुगेको यहाँको राष्ट्रिय विपत् आयोग (एसइसी) ले सोमबार जनाएको छ।
मंगाेलियाका २१ प्रान्तमध्ये पूर्वी सुखबातर प्रान्तमा स्थानीय भाषमा ‘जुड’ भनिने कडा चिसोबाट सबैभन्दा बढी प्रभावित भएको छ। यहाँ ११ लाखभन्दा बढी गाईवस्तुहरूको मृत्यु भएको एसइसीले जनाएको छ। चिसोका कारण हिउँ पर्ने र जमिन जमेको हिउँले ढाकिएका कारण ठुलो सङ्ख्यामा प्राणीहरू मर्छन्।
मंगाेलियाकोे मौसम अनुगमन निकायका अनुसार मंगाेलियाले यस बर्षको जाडोमा सामान्यभन्दा धेरै हिम वर्षा र जाडोको सामना गरेको छ। मंगाेलियाको लगभग ८० प्रतिशत क्षेत्र हिउँले ढाकिएको छ।
जीवित घुमन्तेहरूको देश मंगाेलियाले कठोर जाडोले ठुलो पशुधनको क्षतिको कारण यसको प्रकोप तयारीलाई उच्च बनाएको छ।पशुपालनको प्रर्वद्धनलाई जमिनले घेरिएको देशको खानीमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्ने सबैभन्दा व्यावहारिक तरिकाको रूपमा हेरिन्छ।
सन् २०२३ को अन्त्यमा मंगाेलियामा पशुधनको सङ्ख्या छ करोड ४७ लाख रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ।












