Kathmandu Press

छिमेकीको कुटपिटबाट धनगढीमा युवकको मृत्यु

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-८ को धनगढी गाउँमा ३५ वर्षीय महेश राना रहेकाे  प्रहरीले जनाएको छ। 
छिमेकीको कुटपिटबाट धनगढीमा युवकको मृत्यु

धनगढी, फागुन २८ : छिमेकीको कुटपिटबाट  धनगढीमा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-८ को धनगढी गाउँमा ३५ वर्षीय महेश राना रहेकाे  प्रहरीले जनाएको छ। 

Hardik ivf

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार राति स्थानीय मीनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला कुटपिट भएपछि गम्भीर घाइते भएका रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हाे।

रानाको हत्या आरोपमा  पाँच जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मीनबहादुर, उनकी श्रीमती पुनम चौधरी, छोरी र अन्य दुई जना रहेको प्रहरीको भनाइ छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:१३ बजे, सोमबार, फागुन २८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्