Kathmandu Press

पार्टीमा दिएको योगदानस्वरुप अध्यक्षको उम्मेदवार बनेको हुँ : सांसद दाहाल

अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीको जिज्ञासामा उनले भने, 'सामान्यतः प्रदेशको सह–इञ्चार्जको जिम्मेवारीमा जाँदासमेत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारसँग जोडेर हेर्ने गरिन्थ्यो, यो आरोप पहिलो पटक होइन।'
पार्टीमा दिएको योगदानस्वरुप अध्यक्षको उम्मेदवार बनेको हुँ : सांसद दाहाल

काठमाडाैं, फागुन २८ : सत्ता गठबन्धनका तर्फबाट राष्ट्रियसभाको अध्यक्ष पदका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद नारायण दाहालले पार्टीमा आफूले दिएको योगदान र जिम्मेवारीका आधारमा उम्मेदवारी दिएको बताएका छन्। 

अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीको जिज्ञासामा उनले भने, 'सामान्यतः प्रदेशको सह–इञ्चार्जको जिम्मेवारीमा जाँदासमेत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारसँग जोडेर हेर्ने गरिन्थ्यो, यो आरोप पहिलो पटक होइन।'

Hardik ivf

आफू २०३६ सालदेखि राजनीतिक गतिविधिमा लागेकामा त्यो योगदानबारे थाहै नपाएका पक्षले आफूमाथि आरोप लगाएको जनाउँदै उनले भूमिका नै नबुझी यसरी बारम्बार प्रश्न गर्दा कति न्याय होला भनी प्रश्न गरे। 

'त्यसबेला दाजुभाइको नाता लगाउनेले युद्धमा हिँड्दा दाइ हिँडेको छ, परिवारका सबै किन हिँड्नुपर्‍यो भनी किन प्रश्न नगरेको?' उम्मेदवार दाहालले प्रश्न गरे। त्यसबेला युद्धमा नलाग्दा आफ्नो परिवार बचाउन लाग्यो भन्ने नेतृत्वलाई लाञ्छना लाग्ने गरेको उनले सुनाए। 

'मैले आफ्नो योगदानअनुसारको जिम्मेवारी पाउन लागेको छु, सिङ्गो पार्टी पङ्क्तिले एकमतका साथ मलाई उम्मेदवार बनाउने निर्णय गरेको छ, यसलाई अन्यथा लिन मिल्दैन,' दाहालले भने।

प्रकाशित मिति: १३:०८ बजे, सोमबार, फागुन २८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्