प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसकाे ह्विप
प्रधानमन्त्री दाहाल पर्सि बुधबार (फागुन ३० गते) विश्वासको मत लिँदैछन्।-1704528178.jpg)
काठमाडौं, फागुन २८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सोमबार ह्विप जारी गरेर विश्वासको मत लिने प्रस्तावको विपक्षमा मतदान गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन्।
आफ्ना सांसदहरुलाई फागुन ३० को प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थिति हुन पनि कांग्रेसले निर्देशन दिएको छ।
प्रधानमन्त्री दाहाल पर्सि बुधबार (फागुन ३० गते) विश्वासको मत लिँदैछन्। नयाँ सत्ता समीकरण बनेपछि सरकारबाट बाहिरिएको कांग्रेसले बिहीबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

प्रकाशित मिति: १२:३९ बजे, सोमबार, फागुन २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












