Kathmandu Press

राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माले दर्ता गराए मनोनयन

माओवादीका नारायण दाहाललाई सत्ता गठबन्धनमा रहेका दलहरुको साथ छ भने कांग्रेसका युवराज शर्मालाई लोकतान्त्रिक समाजवादी पार्टीको साथ छ।
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माले दर्ता गराए मनोनयन

काठमाडौं, फागुन २८ : राष्ट्रिय सभा अध्यक्षका लागि सत्ता गठबन्धनबाट माओवादीका नारायण दाहाल र कांग्रेसका युवराज शर्माले मनोनयन दर्ता गरेका छन्। सोमबार बानेश्वरस्थित संसद् भवनमा पुगेर दाहाल र शर्माले उम्मेदवारी दर्ता गराएका हुन्।

सत्ता गठबन्धनका उमेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन्।

Hardik ivf

यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह छन्।

राष्ट्रिय सभाको अंकगणितअनुसार सत्ता गठबन्धनले अध्यक्ष सहजै जित्ने अवस्था छ। ५९ सदस्यीय राष्ट्रिय सभामा माओवादीका १७, कांग्रेसको १६, एमालेका १०, नेकपा एसका ८, जसापका ३, लोसपा र राजमोका एक–एक सदस्य छन्।

राष्ट्रिय सभा अध्यक्षका लागि भोलि निर्वाचत हुँदैछ।

प्रकाशित मिति: ११:४७ बजे, सोमबार, फागुन २८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्