ललितपुरमा १० पटक स्वतन्त्र वडाध्यक्ष जितेका व्यञ्जनकार रहेनन्
उनी ललितलपुर वडा नं. १०मा लगातार १० पटक स्वतन्त्र रुपमा उम्मेदवारी दिँदै वडाध्यक्ष निर्वाचित भएका थिए।
काठमाडौं, फागुन २८ : लललितपुर महानगरपालिका–१० का पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ।
उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा ८१ वर्षीय व्यञ्जनकारको आइतबार राति निधन भएको हो।
उनी ललितलपुर वडा नं. १०मा लगातार १० पटक स्वतन्त्र रुपमा उम्मेदवारी दिँदै वडाध्यक्ष निर्वाचित भएका थिए।
गत ०७९ को स्थानीय चुनावमा भने उनी आफ्नै भतिज रविनमान व्यञ्जनकारसँग २८२ मत अन्तरले पराजित भएका थिए।
प्रकाशित मिति: ११:३५ बजे, सोमबार, फागुन २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1755255383.jpg)