उपनिर्वाचनबारे छलफल गर्न रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
बैठकमा आगामी वैशाख १५ गते हुने उप–निर्वाचनबारे छलफल हुने रास्वपाका केन्द्रीय सदस्य एवम् प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
काठमाडौं, फागुन २८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ। बैठक बालाजुस्थित केन्द्रीय कार्यालयमा सोमबार मध्यान्ह १२ बजेदेखि बस्नेछ।
बैठकमा आगामी वैशाख १५ गते हुने उप–निर्वाचनबारे छलफल हुने रास्वपाका केन्द्रीय सदस्य एवम् प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
वैशाख १५ गते इलाम–२ र बझाङ–१ (१) मा उपनिर्वाचन हुँदैछ।
नयाँ सत्ता समिकरणमा गृहमन्त्रीसहित चार वटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको रास्वपाभित्र वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार उठाउने कि एमालेबाट उठाउने उम्मेदवारलाई सहयोग गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ।
प्रकाशित मिति: ११:३१ बजे, सोमबार, फागुन २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












