Kathmandu Press

ओस्करमा ओपेनहाइमरले उत्कृष्ट फिल्मसहित जित्यो ७ अवार्ड

फिल्मले ‘बेस्ट पिक्चर’को अवार्ड जित्दा फिल्मका लागि निर्देशक क्रिस्टोफर नोलेनले ‘बेस्ट डिरेक्टर’, सिलियन मर्फेले ‘बेस्ट एक्टर’ र रोबर्ट डाउनर जुनियरले ‘बेस्ट सपोर्टिङ एक्टर’ विधाको अवार्ड चुमे।
ओस्करमा ओपेनहाइमरले उत्कृष्ट फिल्मसहित जित्यो ७ अवार्ड

काठमाडौं, फागुन २८ : ९६औं संस्करणको ओस्कर अवार्डमा फिल्म ‘ओपेनहाइमर’ले सर्वाधिक ७ विधामा अवार्ड जितेको छ।

सोमबार बिहान लसएन्जल्सको डल्बी थिएटरमा भएको अवार्डमा फिल्मले ‘बेस्ट पिक्चर’को अवार्ड जित्दा फिल्मका लागि निर्देशक क्रिस्टोफर नोलेनले ‘बेस्ट डिरेक्टर’, सिलियन मर्फेले ‘बेस्ट एक्टर’ र रोबर्ट डाउनर जुनियरले ‘बेस्ट सपोर्टिङ एक्टर’ विधाको अवार्ड चुमे।

यो फिल्म आवणिक बमका आविस्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेनहाइमरको जीवनीमा आधारित छ। सिलियन ओस्कार अवार्ड जित्ने पहिलो आइरिस अभिनेता हुन्।

Hardik ivf

सिलियनले फिल्ममा ओपेनहाइमरको शीर्ष भूमिकामा अभिनय गरेका छन्। फिल्ममा रोबर्ट डाउने जुनियरले अमेरिकी सरकारी अधिकारी लुईस स्ट्रसको भूमिकामा अभिनय गरेका छन्।

‘ओपेनहाइमर’ले ‘बेस्ट इडिटिङ’, ‘ओरिजिनल स्कोर’ र ‘सिनेमाटोग्राफी’ विधाको अवार्ड पनि जितेको छ।

यस्तै, फिल्म ‘पुअर थिङ्स’का लागि एम्मा स्टोनले ‘बेस्ट एक्ट्रेस’को अवार्ड जित्दा ‘बेस्ट प्रोडक्सन डिजाइन’, ‘कष्ट्युम डिजाइन’, ‘मेकअप एण्ड हेयर स्टाइलिङ’को अवार्ड पनि सोही फिल्मले पोल्टामा पार्यो।

सन् २०२३ मा सर्वाधिक ग्रस गरेको फिल्म ‘बार्बी’को गीत ‘ह्वाट ह्वाज आइ मेड फर?’का लागि बिली एलिसले ‘बेस्ट ओरिजिनल स्कोर’को अवार्डमा चित्त बुझाए। यो फिल्म आठ विधामा मनोनयनमा परेको थियो।

फिल्म ‘होल्डओभर्स’का लागि द–भाइन जोय रान्डोल्फले ‘बेस्ट सपोर्टिङ एक्टे«स’को अवार्ड जितिन् । फिल्म ‘द जोन अफ इन्ट्रेस्ट’ले ‘बेस्ट साउण्ड’ र ‘बेस्ट इन्टरनेसनल फिचर’को अवार्ड चुम्यो।

‘ट्वान्टी डेज इन मौरिपल’ले ‘बेस्ट डकुमेन्ट्री फिचर’ जित्दा ‘एन्टोमी अफ ए फल’ ले ‘बेस्ट ओरिजिनल स्क्रिनप्ले’, ‘अमेरिकन फिक्सन’ले ‘बेस्ट एडेप्टेड स्क्रिनप्ले’, जापानी फेन्टासी फिल्म ‘द ब्वाइ एण्ड द हिरोन’ले ‘बेस्ट एनिमेटेड फिचर फिल्म’, ‘गोडजिला मिनस वन’ले ‘बेस्ट भिजुअल इफेक्ट्स’, ‘वार इज ओभर ! इन्स्पायरर्ड बाइ द म्युजिक अफ जोन एण्ड योको’ले ‘बेस्ट एनिमेटेड सर्ट’काे अवार्ड जित्याे।

यस्तै ‘द लास्ट रिपेयर सप’ले ‘बेस्ट डकुमेन्ट्री सर्ट’ र ‘द वन्डरफूल स्टोरी अफ हेनरी सुगर’ले ‘बेस्ट लाइभ एक्सन सर्ट’को अवार्ड जित्याे।

प्रकाशित मिति: ११:२७ बजे, सोमबार, फागुन २८, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्