Kathmandu Press

राप्रपा कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

बैठक मध्यान्न १२ बजेदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ । शनिबार पनि बसेको थियो । तर नेताहरूबीच विवाद हुँदा बैठकमा निर्णायक छलफल हुन सकेन ।
राप्रपा कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
Hardik ivf

काठमाडौं, फागुन २८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार पनि बस्दै छ । बैठक मध्यान्न १२ बजेदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ । शनिबार पनि बसेको थियो । तर नेताहरूबीच विवाद हुँदा बैठकमा निर्णायक छलफल हुन सकेन ।

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति र राप्रपाले अगाडि सारेको सडक आन्दोलनका कार्यक्रम र नविन राप्रपा कार्ययोजनालगायतका सन्दर्भमा छलफल भइरहेको छ । 

बैठकका निष्कर्ष आज (सोमबार) सार्वजनिक गरिने अध्यक्ष राजेन्द्र लिङ्देनले बताए ।

प्रकाशित मिति: ०९:१५ बजे, सोमबार, फागुन २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्