Kathmandu Press

प्रधानसेनापतिसँग जनमुक्ति सेनाका उपप्रमुखको भेट

त्यस अवसरमा उनहरुले दुई छिमेकी देशका साथै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच रहिआएको सम्बन्धका विविध पक्ष एवं आपसी चासोका विषयमा छलफल गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
प्रधानसेनापतिसँग जनमुक्ति सेनाका उपप्रमुखको भेट
Hardik ivf

काठमाडौं, फागुन २७ : प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालको भ्रमणमा रहेका चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख मेजर जनरल झाङ पाकुनले जंगी अड्डामा शिष्टाचार भेट गरेका छन्।

त्यस अवसरमा उनहरुले दुई छिमेकी देशका साथै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच रहिआएको सम्बन्धका विविध पक्ष एवं आपसी चासोका विषयमा छलफल गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

शनिबारदेखि नेपाल भ्रमणमा रहेको उपप्रमुख पाकुन नेतृत्वको छसदस्यीय टोलीले काठमाडौं, लुम्बिनी तथा पोखराका विभिन्न सांस्कृतिक र पर्यटकीयस्थलको भ्रमण गर्ने कार्यक्रम छ। चारदिवसीय भ्रमणका लागि नेपाल आएको उक्त टोली फागुन २९ गते स्वदेश फर्कनेछ।

प्रकाशित मिति: २०:५६ बजे, आइतबार, फागुन २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्