Kathmandu Press

राष्ट्रिय सभा अध्यक्षमा माओवादीको उम्मेदवार नारायण दाहाल

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको पदाधिकारी बैठक दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो।
राष्ट्रिय सभा अध्यक्षमा माओवादीको उम्मेदवार नारायण दाहाल

काठमाडौं, फागुन २७ : सत्तारुढ दल नेकपा माओवादीले नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको पदाधिकारी बैठक दाहाललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो।

Hardik ivf

प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ पर्ने नारायण दाहाल राष्ट्रिय सभाका मनोनित सदस्य हुन्। उनी २०७८मा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित भएका थिए।

दाहाल २०६३ मा दाहाल अन्तरिम व्यवस्थापिका संसद् सदस्य र २०६४ पहिलो संविधानसभामा चितवन–३ बाट निर्वाचित भएका थिए।

फागुन २९ गते हुने निर्वाचनमा उनी नयाँ सत्ता गठबन्धनको साझा उम्मेदवार बन्ने छन्। गठबन्धनमा अध्यक्षले ओवादीले र उपाध्यक्ष एमाले पाउने सहमति भएको थियो।

यता, प्रमुख प्रतिपक्षी दल कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

प्रकाशित मिति: १९:२७ बजे, आइतबार, फागुन २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्