Kathmandu Press

कान्तिपुर सहकारीका सञ्चालकविरुद्ध एक अर्ब ५२ करोड ठगीको अभियोग

प्रहरी प्रतिवेदन अनुरुप जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दर्ता गरेको हो।
कान्तिपुर सहकारीका सञ्चालकविरुद्ध एक अर्ब ५२ करोड ठगीको अभियोग

काठमाडौं, फागुन २७ : करिब एक अर्ब ५२ करोड रुपैयाँ ठगीको कसुरमा कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिका ११ जना सञ्चालकविरुद्ध आइतबार मुद्दा दर्ता भएको छ।

प्रहरी प्रतिवेदन अनुरुप जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा ठगीको कसुरमा मुद्दा दर्ता गरेको हो।

Hardik ivf

चक्रलाल श्रेष्ठसमेत कुल ८५२ जनाको जाहेरीका आधारमा सहकारी अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरीसहित ११ जना सञ्चालकविरुद्ध ठगीको अभियोग लगाइएको छ। आकर्षक ब्याज दिने प्रलोभनमा फिक्स्ड डिपोजिटमा रकम राख्न लगाई रकम फिर्ता नगरेको दाबी अभियोगपत्रमा छ । मुद्दा दायर भएकाहरूमध्ये अध्यक्ष मल्ल ठकुरी मात्रै पक्राउ परेका छन्।

सहकारी संचालकले बचतकर्ताको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ १९ पैसा रकम ठगी गरेको अभियोगपत्रमा उल्लेख छ। उनीहरुसँग विगो असुली, सोही रकम बराबर बिगो कायम र जेल सजायको मागसहित मुद्दा चलाइएको हो।

कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष मल्ल ठकुरीसहित कोषाध्यक्ष प्रेमध्वज लामा, सचिव जोगलाल लामा, सदस्यहरु सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, इन्दु थापा, देवराज पराजुली, लेखा सुपरिवेक्षण समितिको संयोजक कञ्चन तामाङ, लेखा सुपरिवेक्षण समितिका सदस्यद्वय उद्धवप्रसाद पाण्डे, अम्बिका थपलिया र सहकारीका पूर्वअध्यक्ष एवम् व्यवस्थापक सिबी लामा भन्ने चन्द्रबहादुर लामालाई अभियोगपत्रमा प्रतिबादी कायम गरिएको छ।

अभियुक्त मध्येका अध्यक्ष मल्ल ठहुरी बाहेक अरु सबै प्रतिवादीहरू फरार रहेको जनाइएको छ।

 

प्रकाशित मिति: १९:०० बजे, आइतबार, फागुन २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्