Kathmandu Press

राप्रपा कार्यालयमा भएको कुटपिटको छानबिन प्रहरीले गर्ने

नेता श्रेष्ठमाथि अप्रत्यासित आक्रमण भएको भन्दै अध्यक्ष लिङ्देनले सो घटनाको प्रहरीलाई अनुसन्धान गर्न आग्रह गरेको बताएका छन्।
राप्रपा कार्यालयमा भएको कुटपिटको छानबिन प्रहरीले गर्ने

काठमाडौं, फागुन २७ : आइतबार राप्रपा पार्टी कार्यालयमा नेता ठाकुरमोहन श्रेष्ठमाथि भएको कुटपिटको घटनाको छानविन प्रहरीले गर्ने भएको छ।  

नेता श्रेष्ठमाथि अप्रत्यासित आक्रमण भएको भन्दै अध्यक्ष लिङ्देनले सो घटनाको प्रहरीलाई अनुसन्धान गर्न आग्रह गरेको बताएका छन्।

Hardik ivf

आइतबार बिहान पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहँदा पार्टी कार्यालय धुम्वाराहीमा श्रेष्ठमाथि आक्रमणको घटना भएको थियो।

घटनापछि अध्यक्ष लिङ्देनले पार्टीका पदाधिकारीलाई अप्रत्यासित रुपमा आक्रमण भएको भन्दै बैठकले त्यसप्रति खेद प्रकट गरेको थियो।

‘झडपको कुरा आयो, त्यो अप्रत्यासित रुपमा भयो । किन भयो भन्ने खोजी भइरहेको छ । राजनीतिक पदाधिकारीको प्रसंगभन्दा अलग भएकाले प्रहरीलाई हामीले अनुसन्धान गर्न आग्रह गरिसकेका छौं। बैठकले त्यसप्रति खेद प्रकट गरेको छ,’ अध्यक्ष लिङ्देनले भने, ‘पार्टी कार्यालयभित्र पार्टीका पदाधिकारीलाई अप्रत्यासित रुपमा आक्रमण भएको छ । सीसीटीभी, सञ्चारमाध्यममा आएको भिडियो समेतलाई लिएर अनुसन्धान गरेर कारबाही गर्न प्रहरीलाई आग्रह गर्ने भन्ने समेत बैठकमा निर्णय भइसकेको छ।’

घटनामा ठाकुरमोहनको जिउमा चोटपटक लागेको छ । ठाकुरमोहन पूर्व एआइजी हुन् । उनी आफ्नो नेतृत्वको पार्टी राप्रपामा विलय गराएपछि केन्द्रीय कार्यसम्पादन समिति सदस्य बनेका थिए ।

प्रकाशित मिति: १८:५४ बजे, आइतबार, फागुन २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्