Kathmandu Press

‘पुरानो गठबन्धन टुट्नु सकारात्मक’

अहिलेको नयाँ गठबन्धन अगामी २०८४ को निर्वाचनसम्मै कायम रहने दाबी गर्दै उपाध्यक्ष पोखरेलले संरचनागत ढंगले अघि बढे भविष्यमा वामपन्थीबीच एकता पनि हुनसक्ने बताए।
‘पुरानो गठबन्धन टुट्नु सकारात्मक’
फाइल तस्बिर।

कैलाली, फागुन २७ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी र कांग्रेसको गठबन्धन टुट्नु सकारात्मक भएको बताएका छन्।

आइतबार धनगढीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पोखरेलले अहिले नेकपा एमाले, माओवादी केन्द्रसहितको गठबन्धन विधिसम्मत भएको टिप्पणी गरे।

Hardik ivf

विगतमा गरिएको गठबन्धन एमालेलाई सिध्याउने योजनाबाट निर्देशित भएको दाबी गर्दै निश्चित कार्यक्रम र उद्देश्य नभएको गठबन्धन टुट्नु सकारात्मक भएको उनको भनाई थियो।

अहिलेको नयाँ गठबन्धन अगामी २०८४ को निर्वाचनसम्मै कायम रहने दाबी गर्दै उपाध्यक्ष पोखरेलले संरचनागत ढंगले अघि बढे भविष्यमा वामपन्थीबीच एकता पनि हुनसक्ने बताए।

नयाँ गठबन्धनलाई सबैले सकारात्मक रूपमा लिनुपर्ने बताउँदै उनले नयाँ गठबन्धनलाई कायम राख्न वामपन्थी समूह एकताबद्ध हुनुपर्नेमा जोड दिए। उनले २०७९ पुसमा बनेको गठबन्धन टुटेर अहिले फेरि नयाँ शिराबाट सम्बन्ध कायम भएको स्पष्ट पारे।

सुदूरपश्चिमसहितका केही प्रदेशमा नयाँ गठबन्धनसँग सरकार गठनका लागि बहुमत नरहेकाले सबै पक्षसँग संवाद भइरहेको उनले बताए।

प्रकाशित मिति: १८:४५ बजे, आइतबार, फागुन २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्