मिटरब्याज पीडितसँग छलफल गर्दै गृहमन्त्री
गृहमन्त्री लामिछानेले आइतबार साँझ सिंहदरबारस्थित गृहमन्त्रालयमै बोलाएर मिटरब्याज पीडितसँग छलफल गरेका हुन्। छलफल अहिले पनि जारी छ।
काठमाडौं, फागुन २७ : देशभरबाट काठमाडौं आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले छलफल गरेका छन्।
गृहमन्त्री लामिछानेले आइतबार साँझ सिंहदरबारस्थित गृहमन्त्रालयमै बोलाएर मिटरब्याज पीडितसँग छलफल गरेका हुन्। छलफल अहिले पनि जारी छ।
जारी छलफलमा लामिछानेसहित, गृहसचिव, गृह मन्त्रालयका उच्च अधिकारी र पीडितका प्रतिनिधि सहभागी रहेको बताइएको छ।
प्रकाशित मिति: १८:३५ बजे, आइतबार, फागुन २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार