Kathmandu Press

दीपक खड्का बने कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य

दीपक खड्का बने कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य

काठमाडौं, फागुन २७ : संसद् दीपक खड्का नेपाली कांग्रेसको आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित भएका छन्।

पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान २०१७ र नियमावली २०६८ बमोजिम संखुवासभाबाट प्रतिनिधिसभामा निर्वाचित खड्कालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

Hardik ivf

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) तथा नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ५६ (२) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य पदमा दीपक खड्का (संखुवासभा) लाई मनोनयन गर्नु भएको छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रकाशित मिति: १८:२६ बजे, आइतबार, फागुन २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्