Kathmandu Press

उच्च अदालतका तत्कालीन रजिष्ट्रार कटवाल भ्रष्टाचारी ठहर

विशेष अदालतले कटवालबाट चार लाख ९८ हजार ९ सय ९५ रूपैयाँ बिगो तिराउनुपर्ने ठहर गरेको छ । उनलाई ९ महिना कैद सजाय समेत तोकिएको छ।
उच्च अदालतका तत्कालीन रजिष्ट्रार कटवाल भ्रष्टाचारी ठहर

काठमाडौं, फागुन २७ : विशेष अदालतले उच्च अदालत दिपायलका तत्कालीन रजिष्ट्रार रणबहादुर कटवाललाई भ्रष्टाचारी ठहर गरेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कटवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। कटवालविरुद्ध सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप थियो । विशेष अदालतले कटवालबाट चार लाख ९८ हजार ९ सय ९५ रूपैयाँ बिगो तिराउनुपर्ने ठहर गरेको छ । उनलाई ९ महिना कैद सजाय समेत तोकिएको छ।

Hardik ivf

रजिष्ट्रार कटवालले आर्थिक वर्ष ०७८/०७९ मा विनियोजित बजेट अनियमितता गरी खर्च गरेको र स्थायी शिक्षिकाको रूपमा अन्यत्रै कार्यरत श्रीमतीलाई उच्च अदालत दिपायलको कम्प्युटर अपरेटरमा नियुक्ति गरेको अख्तियारको आरोप थियो।

पदीय दुरूपयोग गरी विभिन्न शीर्षकमा विनियोजित बजेटअनुसार गर्नुपर्ने खर्च शीर्षकमा नक्कली बिल भरपाई खडा गरी, नक्कली सम्झौतासमेत बनाई आफैं स्वीकृत गरेको भेटिएको दाबी समेत अख्तियारको थियो।

यस्तै, अफिसको हिसावकिताव मिलाउन भनी बिल ल्याई हुँदै नभएको खर्चको नक्कली खरिद देखाउने, प्रयोगविहीन गाडीको मर्मत गरेको भनी बिलको भुक्तानी लिने, भ्रमण काजको भुक्तानी भन्दै किर्ते गरी मिति सच्चाएर लिने र फर्जी कार्यको आफैँ सदर गर्ने गरेको आरोप समेत उनीविरुद्ध थियो।

सर्वोच्च अदालतबाट भर्चुअल अनुगमन निरीक्षण भए पनि दिपायल मुकाममा होटल खर्च भएको स्वीकृति गरी बिल भरपाई बनाई आफैंले भुक्तानी लिएको तथ्य फेला परेको थियो।

प्रकाशित मिति: १७:५९ बजे, आइतबार, फागुन २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्