Kathmandu Press

‘चुनावअघिको गठबन्धनले राजनीतिलाई भ्रष्ट र लोकतन्त्रलाई चरम विकृत बनायो’

माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ समीकरण बनाएको घटनाले कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना समेत गर्न नसक्ने उनको जिकिर थियो।
‘चुनावअघिको गठबन्धनले राजनीतिलाई भ्रष्ट र लोकतन्त्रलाई चरम विकृत बनायो’

काठमाडौं, फागुन २७ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना समेत गर्न नसक्ने बताएका छन्।

गोदावरी नगरपालिकाको आठौं स्थापना दिवसको अवसरमा बोल्दै उनले चुनावअघिको गठबन्धनले राजनीतिलाई एकदमै भ्रष्ट र लोकतन्त्रलाई चरम विकृत बनाउँदै लगेको उनले बताए।

Hardik ivf

माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ समीकरण बनाएको घटनाले कसैले पनि चुनावभन्दा अघि गठबन्धन गर्ने बारेमा कल्पना समेत गर्न नसक्ने उनको जिकिर थियो।

‘कसले कसलाई धोका दिन्छ भन्ने कुराको चेतसँगै अब चुनावअघि गठबन्धन हँुदैन,’ उनले भने, किनभने कसले कसलाई धोका दिन्छ, त्यसको हिसाबकिताब नै हुन सक्दैन । यो मानेमा हेर्ने हो भने सबैलाई चेत खुलेको छ। राजनीतिमा  भ्रष्टीकरणको बाटो लागिरहेका थियौं, यो प्रकरणले सबैलाई सन्देश दिएको छ।’

नयाँ सत्ता समीकरणको अन्तर्यमा के छ भन्ने समयसँगै खुल्दै जाने बताएका थापाले चुनावअघिको गठबन्धनले राजनीतिक भ्रष्टीकरण गरेको बताए।

‘केही दिनअघि नेपालको राजनीतिमा एउटा ठूलो परिवर्तन भएको देख्यौँ । यसको भित्र अन्तर्यमा के छ भन्नेकुरा समयसँगै खुल्दै जाला,’ उनले भने, ‘नेताहरू मिलेर चुनावमा जाने जुन एउटा परम्परा नेपालमा शुरु भएको थियो, त्यसले नेपालको राजनीतिलाई एकदमै भ्रष्ट, नेपालको लोकतन्त्रलाई चरम विकृत बनाउँदै लिएर गएको थियो, भित्रभित्रै खोक्रो बनाउँदै लगेको थियो र त्यसले थप खोक्रो बनाउँथ्यो।’ उ

चुनावअघिको गठबन्धन गर्ने प्रवृत्तिले मिश्रित निर्वाचन प्रणालीलाई पनि विकृत बनाउँदै लगेको टिप्पणी उनले गरे। साना दलहरु दोकान खोलेर बस्ने र कहिले यताउता जाने आधार मिश्रित निर्वाचन प्रणाली बनेको उनको भनाइ छ।

प्रकाशित मिति: १७:५६ बजे, आइतबार, फागुन २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्