Kathmandu Press

प्रचण्डको धोकाको जवाफ मतदाताले दिनेछन् : उपसभापति खड्का

‘यसको जवाफ आम मतदाताले समय आउँदा दिनुहुनेछ, त्यसको जवाफ राजनीतिक नेतृत्वले आवश्यक पर्दा दिनेछ,’ कार्यक्रममा खड्काले भने।
प्रचण्डको धोकाको जवाफ मतदाताले दिनेछन् : उपसभापति खड्का
फाइफ तस्बिर ।

सुर्खेत, २७ फागुन : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन तोडेर दिएको धोकाको जवाफ मतदाताले दिने बताएका छन्।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सुर्खेतको आइतबार प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै नेता खड्काले उक्त भनाइ राखेका हुन्। २०७९ को निर्वाचनका बेला मतदातालाई दिएको वचन पालना नगरेर प्रचण्डले धोका दिएको खड्काले बताए।

Hardik ivf

‘यसको जवाफ आम मतदाताले समय आउँदा दिनुहुनेछ, त्यसको जवाफ राजनीतिक नेतृत्वले आवश्यक पर्दा दिनेछ,’ कार्यक्रममा खड्काले भने।

खड्काले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले जनताको शीर नझुक्ने गरेर काम गरेको पनि बताए।

उनले भने, ‘एघार महिना हामी सरकारमा रहँदा मुलुक र पार्टीको अहित हुने गरेर कुनै पनि काम गरेका छैनौं। बाँकी कुराहरु समयक्रममा राख्दै जाउँला।’

प्रकाशित मिति: १७:४१ बजे, आइतबार, फागुन २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्