Kathmandu Press

गैरखाद्य भन्दा खाद्यवस्तुको मूल्यवृद्धि बढी

राष्ट्र बैंकका अनुसार माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ दशमलव ५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ८५ प्रतिशत छ।
गैरखाद्य भन्दा खाद्यवस्तुको मूल्यवृद्धि बढी

काठमाडौं, फागुन २७ : गतवर्षको तुलनामा यसवर्ष उपभोक्ता मुद्रास्फीति केहि घटेको देखिएपनि गैरखाद्य वस्तुको तुलनामा खाद्य वस्तुको मुद्रास्फीति बढेको देखिएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्यांकमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार गत माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यो मुद्रास्फीति ७.८८ प्रतिशत थियो।

Hardik ivf

राष्ट्र बैंकका अनुसार माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ दशमलव ५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ८५ प्रतिशत छ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको सात दशमलव ५८ प्रतिशतले बढेको छ।  घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक भने १२.३३ प्रतिशतले घटेको छ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ। यातायात उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक भने १.४१ प्रतिशतले घटेको छ।

माघ महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६, तराईको ४.७१, पहाडको ५.५८ र हिमालको ५.४४ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ८.४७, ७.८२, ७.३० र ७.९२ प्रतिशत थियो।

प्रकाशित मिति: १७:०१ बजे, आइतबार, फागुन २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्