बल्थलीमा कोटिहोममा राष्ट्रपति पौडेल
उनले कोटिहोमबाट देश र जनताको कल्याण होस भन्ने कामना गरेका थिए। उनले पुण्य र पवित्र कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताएका थिए।(11)-1710068264.jpeg)
काभ्रे, फागुन २७ : राष्ट्रपति रामचन्द्र पौडेल आइतबार पनौतीको बल्थलीमा जारी कोटिहोममा सहभागी भएका छन्। उनले त्यहाँ पूजाअर्चना गर्नुका साथै फूलप्रसाद ग्रहण गरेका छन्।
उनले कोटिहोमबाट देश र जनताको कल्याण होस भन्ने कामना गरेका थिए। उनले पुण्य र पवित्र कार्यक्रममा सहभागी हुन पाउँदा खुशी लागेको बताएका थिए।
(12)-1710068264.jpeg?timestamp=1710068270598)
राष्ट्रपति पौडेलले यसबाट समाज, देश र जनताको कल्याण हुने विश्वास व्यक्त गरे।
ओमकार फाउण्डेसनले उक्त कोटिहोम आयोजना गरेको हो ।
प्रकाशित मिति: १६:४३ बजे, आइतबार, फागुन २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












