Kathmandu Press

प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी– गिरिजाबाबु र मलाई त धोका दिनुभयो, अब सजिलोगरी चल्छ भन्ने नसोच्नुस्

‘तपाईंले मलाई राष्ट्रिय सभा अध्यक्ष बनाउँछु भन्ने बचन दिएकोले म चुनाव लडेर जितेर पनि आएँ। कांग्रेस पार्टीलाई त धोका दिनुभयो नै, व्यक्तिगत रूपमा पनि ममाथि धोकाधडी भयो।’
प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी– गिरिजाबाबु र मलाई त धोका दिनुभयो, अब सजिलोगरी चल्छ भन्ने नसोच्नुस्

काठमाडौं, फागुन २७ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा आफु र काँग्रेसका अग्रज नेता गिरिजाप्रसाद कोइरालालाई धोका दिएको भन्दै अब सजिलो गरी नचल्ने चेतावनी दिएका छन्।

आइतबार बिहान सिटौला कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकलाई लिएर प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका थिए। आगामी मंगलबार राष्ट्रिय सभा अध्यक्ष पदका लागि चुनाव हुँदैछ।

Hardik ivf

चुनावअघि कांग्रेसका नेताहरूले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन्। बालुवाटारमा करिव आधा घण्टा प्रधानमन्त्री दाहालसँग छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री दाहालसँग सिटौलाले भनेका थिए, ‘तपाईंले मलाई राष्ट्रिय सभा अध्यक्ष बनाउँछु भन्ने बचन दिएकोले म चुनाव लडेर जितेर पनि आएँ। कांग्रेस पार्टीलाई त धोका दिनुभयो नै, व्यक्तिगत रूपमा पनि ममाथि धोकाधडी भयो।’

भेटमा सिटौलाले कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन नमानेर धोका दिएको स्मरण समेत गराएका थिए। राष्ट्रिय सभा अध्यक्षका बिषयमा यसअघि कुरा गर्दा प्रचण्डले आफुसँग ढाँटेको गुनासो पनि सिटौलाले गरेका थिए।

सिटौलाले दाहालसँग भनेका थिए, ‘तपाईंलाई नै कोसिस गर्दैछु भन्नुभएको थियो, तर दुई दिनपछि गठबन्धन नै फेर्नुभयो। मलाई र कांग्रेसलाई नै तपाईंले धोका दिनुभयो, अब सजिलो गरी चल्छ भन्ने नसोच्नुहोला।’

नयाँ सत्ता गठबन्धनबीच माओवादीले राष्ट्रिय सभा अध्यक्ष र नेकपा (एमाले)ले उपाध्यक्ष पद लिने सहमति भएको छ। जवाफमा प्रधानमन्त्री दाहालले राष्ट्रिय सभा अध्यक्ष बनाउन आफू सकारात्मक भए पनि पार्टीका साथीहरूले नमानेको भन्ज्दै टारेको जनाइएको छ।

प्रकाशित मिति: १६:३६ बजे, आइतबार, फागुन २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्