Kathmandu Press

आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन प्रहरी उच्च अधिकृतहरुलाई गृहमन्त्रीको निर्देशन

‘मबाट तपाईंहरुको काममा हस्तक्षेप हुने छैन । तर, मैले केही नगर्ने अन्यले चाहिँ संगठन चलाउने अवस्था आयोग भने बाध्य भएर हस्तक्षेप गर्नुपर्ने हुन्छ।’
आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन प्रहरी उच्च अधिकृतहरुलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, फागुन २७ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले प्रहरी उच्च अधिकृतहरुलाई ‘आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिन’ निर्देशन दिएका छन्।
आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्।

आइतबार प्रहरी प्रधान  कार्यालयस्थित संग्रहालयको निरीक्षण गर्दै उनले प्रहरी अधिकृतहरुलाई निर्धक्क भएर आफ्नो अधिकारको सदुपयोग गर्न निर्देशन दिए।

Hardik ivf

‘नीति र विधिभित्र रहेर काम गर्नुस्, कुन व्यक्ति, कुन स्थानका लागि योग्य छ, सोही स्थानमा राख्नुस्’, उनले भने, ‘मबाट तपाईंहरुको काममा हस्तक्षेप हुने छैन । तर, मैले केही नगर्ने अन्यले चाहिँ संगठन चलाउने अवस्था आयोग भने बाध्य भएर हस्तक्षेप गर्नुपर्ने हुन्छ।’

Photo-(1)(36)-1710063899.JPG

संगठनको निर्माण र उच्च छवि बनाउन योगदान दिने सम्पूर्ण पूर्वप्रहरी अधिकृतहरू र बहालवाला प्रहरी अधिकृत तथा जवानहरूलाई धन्यावद दिँदै उनले उनीहरुको वृत्तिविकासको सुनिश्चितता संगठनले गनुपर्ने उल्लेख गरे।

‘कर्मचारीहरूको सरूवा, बढुवा तथा वृत्तिविकासका लागि आवश्यक पर्ने नीति र योजना बनाएर ल्याउनुहोस्,’ उनले भने, ‘त्यसको कार्यान्वयनको लागि के कसरी गर्नुपर्ने हो सहजीकरण गर्न तयार छु।’

प्रकाशित मिति: १५:३० बजे, आइतबार, फागुन २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्