कांग्रेस संसदीय दलको कार्यसमितिको बैठक बस्ने
राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले आज दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन्।
काठमाडौं, फागुन २७ : नेपाली कांग्रेसले संसदीय दलको कार्यसमितिको बैठक बोलाएको छ।
राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले आज दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन्।
कांग्रेसले फागुन २९ गते हुने राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेपनि उम्मेदावरको भने टुंगो लाग्न सकेको छ। बैठकमा सोही विषयमा छलफल हुनेछ।
बैठकमा संसदीय दल कार्यसमितिलाई पूर्णता दिने विषयमा पनि छलफल हुने बताइएको छ। बैठक सभापति देउवाको निवास बुढानिलकण्ठमा बस्ने छ।
प्रकाशित मिति: १४:२३ बजे, आइतबार, फागुन २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार