Kathmandu Press

उपनिर्वाचनमा इलाम–२को उम्मेदवार बन्न सुहाङले दिए पार्टीमा निवेदन

उनी केही समयदेखि गृहजिल्ला इलाम र उक्त निर्वाचन क्षेत्रमा सक्रिय रहँदै आएका छन्। भेटघाट र अन्तरक्रियामा सहभागी हुँदै उनले निर्वाचनका लागि वातावरण बनाइरहेको उनीनिकट नेताहरुले बताएका छन्।
उपनिर्वाचनमा इलाम–२को उम्मेदवार बन्न सुहाङले दिए पार्टीमा निवेदन

इलाम, फागुन २७ : दिवंगत एमाले नेता सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका छन्।

उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार बनाउन सुहाङले पार्टीको इलाम जिल्ला कमिटीमा निवेदन दिएका हुन्।

Hardik ivf

इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदैछ। संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको भदौ २६ गते निधन भएपछि रिक्त रहेको इलाम–२ मा उपनिर्वाचन हुन लागेको हो।

उनी केही समयदेखि गृहजिल्ला इलाम र उक्त निर्वाचन क्षेत्रमा सक्रिय रहँदै आएका छन्। भेटघाट र अन्तरक्रियामा सहभागी हुँदै उनले निर्वाचनका लागि वातावरण बनाइरहेको उनीनिकट नेताहरुले बताएका छन्।

बुबाको निधनपछि उनले अब आफू पनि राजनीतिमा आउने संकेत गर्दै बुबाको सपना साकार पार्न लागिपर्ने बताएका थिए। कानुन अध्ययन गरेका सुहाङ कानुन व्यवसायमा केही समयदेखि सक्रिय छन्।

प्रकाशित मिति: १४:१६ बजे, आइतबार, फागुन २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्