Kathmandu Press

राष्ट्रियसभा अध्यक्षको चुनाव सार्न कांग्रेसले गरेको प्रश्ताव अस्विकार

नेपाली कांग्रेसका सांसदहरुले चुनावको मिति सार्नका लागि आइतबार बसेको राष्ट्रिय सभाको कार्य व्यवस्था समिति बैठकमा प्रस्ताव गरेका थिए।
राष्ट्रियसभा अध्यक्षको चुनाव सार्न कांग्रेसले गरेको प्रश्ताव अस्विकार

काठमाडौं, फागुन २७ : राष्ट्रियसभा अध्यक्षको चुनाव सार्न नेपाली कांग्रेसले गरेको प्रश्ताव अस्विकार गरिएको छ।

नेपाली कांग्रेसका सांसदहरुले चुनावको मिति सार्नका लागि आइतबार बसेको राष्ट्रिय सभाको कार्य व्यवस्था समिति बैठकमा प्रस्ताव गरेका थिए।

Hardik ivf

कांग्रेसले यस्तो प्रश्ताव गरे पनि सत्तारुढ दल माओवादी केन्द्र र एमाले सांसदहरुले निर्धारित मितिमै चुनाव गर्नुपर्ने अडान लिएका थिए। राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ गतेका लागि तय भएको छ।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ । नयाँ गठबन्धनमा राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष एमालेले लिने समझदारी बनेको छ।

प्रकाशित मिति: १४:१३ बजे, आइतबार, फागुन २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्