Kathmandu Press

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन मंगलबार

फागुन २० गतेबाट रिक्त अध्यक्षको पदपूर्तिका लागि फागुन २९गते मंगलबार निर्वाचन गरिने मिति तय भएको आइतबारको राष्ट्रिय सभा बैठकमा अर्यालले जानकारी गराइन्।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन मंगलबार

काठमाडौं, फागुन २७ : राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुने भएको छ।

अध्यक्षनिर्वाचनको सूचना प्रकाशन गर्न राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले निर्देशन दिएकी छन्। उपाध्यक्ष अर्यालले संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई सूचना प्रकाशनका लागि निर्देशन दिएकी हुन्।

Hardik ivf

फागुन २० गतेबाट रिक्त अध्यक्षको पदपूर्तिका लागि फागुन २९गते मंगलबार निर्वाचन गरिने मिति तय भएको आइतबारको राष्ट्रिय सभा बैठकमा अर्यालले जानकारी गराइन्।

आइतबारको सर्वदलीय बैठकमा कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको चुनाव सार्न आग्रह गरे पनि फागुन २९ गतेलाई नै चुनाव मिति तोकिएको हो।

५९ सदस्यीय राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्र सबैभन्दा ठुलो पार्टी छ। उसको उपाध्यक्षसहित १८ सांसद छन्।

यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठुलो दल हो। एमालेका १० जना सांसद छन्। एकीकृत समाजवादी ८, जसपा ३, लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन्।

प्रकाशित मिति: १४:०६ बजे, आइतबार, फागुन २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्