Kathmandu Press

उपेन्द्र यादव वरियतामा रवि लामिछानेभन्दा पछि

यादवलाई लामिछानेभन्दा तलको वरीयतामा पारिएके छ । यादवले मन्त्रिपरिषद्मा दोस्रो वरीयता पाउनुपर्ने माग गरेका थिए।
उपेन्द्र यादव वरियतामा रवि लामिछानेभन्दा पछि

काठमाडौं, फागुन २७ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद्मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव वरीयताक्रममा पाँचौँ नम्वरमा परेका छन्। उनी आइतवार विस्तारित मन्त्रीमण्डलमा उपप्रधानसहित स्वास्थ्यमन्त्री बनेका छन्।

मन्त्रिपरिषद्मा प्रधानमन्त्रीपछि दोस्रो वरीयतामा नेकपा (एमाले) बाट प्रतिनिधित्व गरेका रघुवीर महासेठ रहेका छन्। उनी उपप्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन्। महासेठ एमालेका सचिव समेत हुन्।

Hardik ivf

महासेठपछि तेस्रो वरीयतामा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष समेत रहेका उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ छन्। चौथो वरीयतामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने छन्।

यादवलाई लामिछानेभन्दा तलको वरीयतामा पारिएके छ । यादवले मन्त्रिपरिषद्मा दोस्रो वरीयता पाउनुपर्ने माग गरेका थिए।

तर, नयाँ गठबन्धन सरकारमा प्रधानमन्त्री प्रचण्डले पाँचौँ वरियतामा राखका हुन् । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ । जसपाका यादव पनि थपिएपछि सरकारमा चार उपप्रधानमन्त्री हुनेछन्।

प्रकाशित मिति: १३:४७ बजे, आइतबार, फागुन २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्