सरकारको प्राथमिकता निर्धारण गर्न गठबन्धनले बनायो कार्यदल
१० सदस्यीय राजनीतिक संयन्त्रमा सत्तामा सामेल पाँच दलकातर्फबाट दुई दुई जनालाई समावेश गरिएको छ।
काठमाडौं, फागुन २७ : प्रधानमनत्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहालको नयाँ सत्ता समिकरणको सरकारका प्राथमिकता तय गर्न सत्ता गठबन्धनले राजनीतिक संयन्त्र बनाएको छ।
आइतबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा बसेको कार्यदलको पहिलो बैठकले सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न संयन्त्र बनाएको हो। १० सदस्यीय राजनीतिक संयन्त्रमा सत्तामा सामेल पाँच दलकातर्फबाट दुई दुई जनालाई समावेश गरिएको छ।
गठित संयन्त्रमा माओेवादी केन्द्रबाट उप–महासचिव वर्षमान पुन र जनार्दन शर्मा, नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल, जनता समाजवादीबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीबाट घनश्याम भूसाल र प्रमेश हमाल रहेका छन्।
सत्ता समिकरणमा सामेल पाँचै दलबाट आएका धारणालाई समेटेर सरकारका प्राथमिकता तय गर्न एमाले नेता विष्णु रिमाललाई मस्यौदा बनाउने जिम्मेवारी दिइएको छ।
सरकारका आगामी कार्यलाई प्रभावकारी बनाउन प्राथमिकताका विषयहरु समेटेर कार्यदलले प्रतिवेदन तयार पार्ने छ।












