राप्रपा बैठकमा कुटाकुट, नेता श्रेष्ठमाथि कार्यालयमै आक्रमण
आइतबार विहान पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हलबाट बाहिर निस्कँदै गर्दा श्रेष्ठमाथि आक्रमण भएको हो। आक्रमणपछि आक्रमणकारी फरार भएका छन्।
काठमाडौं, फागुन २७ : राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समिति बैठकमा कुटाकुट भएको छ। कुटाकुटपछि बाहिर निस्केका केन्द्रीय सदस्य ठाकुरमोहन श्रेष्ठमाथि एउटा समूहले आक्रमण गरेको छ।
आइतबार विहान पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हलबाट बाहिर निस्कँदै गर्दा श्रेष्ठमाथि आक्रमण भएको हो। आक्रमणपछि आक्रमणकारी फरार भएका छन्।
उनीहरुको खोजी गर्न प्रहरीमा उजुरी दिएको समेत जनाइएको छ । कार्यसम्पादन समितिको बैठकको विचमा लन्च ब्रेकमा बाहिर निस्केका श्रेष्ठमाथि एक्कासी आक्रमण भएको थियो । श्रेष्ठ पूर्व एआइजी समेत हुन्।
कार्यसम्पादन समितिको बैठकमा श्रेष्ठले राप्रपा नेता विक्रम पाण्डेलाई भ्रष्टाचारसँग जोडेर आलोचना गरेका थिए। उनले पाण्डेको बचाउमा पार्टी लाग्नुपरेको भनेका थिए।
श्रेष्ठप्रति आक्रोशित हुँदै पाण्डे बैठकस्थलबाट बाहिरिएको जनाइएको छ । त्यसलगत्तै श्रेष्ठमाथि राप्रपा कार्यालयभित्रै आक्रमण भएको थियो। त्यसअघि बैठकमै केन्द्रीय सदस्यविच कुटाकुट चलेको थियो । कुटाकुटको भिडियो समेत बाहिरिएको छ ।












