Kathmandu Press

उपेन्द्र यादवसँगै सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुग्यो

पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा यसअघि नै नारायणकाजी श्रेष्ठ, रघुविर महासेठ र रवि लामिछाने उपप्रधानमन्त्री बनिसकेका छन्।
उपेन्द्र यादवसँगै सरकारमा उपप्रधानमन्त्रीको संख्या चार पुग्यो

काठमाडौं, फागुन २७ : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको नियुक्ति र शपथ ग्रहणसँगै उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ।

पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारमा यसअघि नै नारायणकाजी श्रेष्ठ, रघुविर महासेठ र रवि लामिछाने उपप्रधानमन्त्री बनिसकेका छन्।

Hardik ivf

आइतबार जसपा अध्यक्ष यादव पनि थपिएका छन् । जसपाबाट सरकारमा यादवसँगै नवलकिशोर साह पनि सरकारमा गएका छन्।

साह वन तथा वातावरण मन्त्री बनेका छन् । यादव र साहलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

प्रकाशित मिति: १२:३२ बजे, आइतबार, फागुन २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्