माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै
आजको बैठकले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयन सहितका विषयमा छलफल गरी निर्णय गर्ने नेताहरुले बताएका छन्।
काठमाडौं, फागुन २७ : सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्दैछ। बैठक दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ।
आजको बैठकले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयन सहितका विषयमा छलफल गरी निर्णय गर्ने नेताहरुले बताएका छन्।
शनिबारको बैठकमा प्रधानमन्त्री दाहालले सरकार र संसद् सञ्चालनका विषयमा सांसदहरुलाई बिफ्रिङ गरेका थिए।
बैठकले प्रधानमन्त्रीको विश्वासको मत लिनेसहित अन्य प्रस्तावहरुमाथि समेत टुंगो लगाउने नेताहरुले जनाएका छन्।
राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयनकै विषयमा छलफल गर्न आजै साँझ माओवादीको पदाधिकारी बैठक पनि बस्दैछ।
प्रकाशित मिति: ११:०८ बजे, आइतबार, फागुन २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












