Kathmandu Press

राष्ट्रियसभा अध्यक्षको उमेदवार छान्न माओवादी पदाधिकारी बैठक बस्दै 

बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने तय भएको कोषाध्यक्ष तथा केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकले राष्ट्रियसभाको अध्यक्षको उमेदवार चयन गरिने उनले जानकारी दिए ।
राष्ट्रियसभा अध्यक्षको उमेदवार छान्न माओवादी पदाधिकारी बैठक बस्दै 

काठमाडौं, फागुन २७ : नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले पदाधिकारी बैठक आह्वान गरेका छन् ।

बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने तय भएको कोषाध्यक्ष तथा केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकले राष्ट्रियसभाको अध्यक्षको उमेदवार चयन गरिने उनले जानकारी दिए ।

Hardik ivf

राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मिति आज दिउँसो बस्ने राष्ट्रियसभा बैठकमार्फत घोषणा हुँदैछ । यही फागुन २८ गते मनोनयन दर्ता गर्ने र २९ गते निर्वाचन गरिने कार्यतालिका घोषणा गर्न लागिएको हो ।

सत्ता गठबन्धनको सहमतिअनुसार अध्यक्ष माओवादीले पाउने लगभग पक्का छ । अध्यक्षका लागि नारायण दाहाल, हाल राष्ट्रियसभा उपाध्यक्ष रहेकी उर्मिला अर्याल र झक्कु सुवेदी आकांक्षी देखिएका छन् ।  

प्रकाशित मिति: ०८:०३ बजे, आइतबार, फागुन २७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्