राष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेतामा सिटौला
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनयन गरेका हुन्।
काठमाडौं, फागुन २६ : नेपाली कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला चयन भएका छन्।
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभा संसदीय दलको नेतामा मनोनयन गरेका हुन्।
कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम सिटौलालाई राष्ट्रिय सभा संसदीय दलको नेता मनोनयन गरिएको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिएका छन्।
आजै बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको थियो। सम्भवतः सिटौला कांग्रेसबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बन्ने छन्।
प्रकाशित मिति: २०:०४ बजे, शनिबार, फागुन २६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












